परराष्ट्र मन्त्री राणा स्वदेश फिर्ता


काठमाडौँ – परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा बिहीबार भारत भ्रमण पूरा गरी स्वदेश फिर्ता भएकी छन् ।

गत आइतबार नयाँ दिल्ली पुगेकी मन्त्री डा. राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुका साथै विदेश मन्त्री एस. जयशंकरसँग द्विपक्षीय वार्ता गरेकी थिइन् ।

मन्त्री डा. राणासँग भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले पनि भेट गरेका थिए । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भ्रमण फलदायी भएको प्रतिक्रिया दिइन् ।

मोदीसँगको भेटका क्रममा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट उनलाई नेपाल भ्रमणका लागि औपचारिक रूपमा निम्तापत्र हस्तान्तरण गरेको राणाले जानकारी दिइन् ।

प्रतिक्रिया