सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको मृत्यु


हुम्ला – हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको दुर्घटनामा परी निधन भएको छ ।

सोमबार सुर्खेतबाट नेपालगञ्ज जाँदै गर्दा भएको उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा दुर्घटना हुँदा मृत्यु भएको हो ।

दुर्घटनापछि गम्भीर घाइते भएका कार्कीको नेपालगञ्जमा उपचारको क्रममा आज बिहान करिब २ बजेतिर निधन भएको प्रहरीले जनाएको छ ।

उनी नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएका थिए ।

प्रतिक्रिया