

फुटपाथमा माटो फ्याक्नेलाई काठमाडौं महानगले तिरायो ५० हजार जरिवाना

काठमाडौं- महानगरपालिकाले फुटपाथमा माटो फ्याकेको भन्दै एक निर्माण कम्पनीलाई जरिवाना गराएको छ । महानगरले तिलगंगाको फुटपाथमा मिनी ट्रकबाट माटो फ्याकेको र पेटी बिगारेको कसुरमा साथी निर्माण सेवालाई ५० हजार जरिवाना गराएको हो ।
मिनी ट्रकलाई नियन्त्रणमा लिएर कम्पनीलाई चेतावनी दिदै जरिवाना गराएको महानगरले जनाएको छ।

