राजदुतहरुको संसदीय सुनुवाई आजबाट


काठमाडौं – केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदुतको आजदेखि सुनवाई सुरु हुने भएको छ ।

हालै ओली सरकारले सिफारिस गरेका १८ देशका राजदूतको सुनुवाइ प्रक्रिया मङ्गलबारदेखि सुरु हुन लागेको हो  ।

संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर जबराले जानकारी दिएका छन् ।

उनका अनुसार सो सुनवाई प्रक्रिया सङ्घीय संसद् सचिवालयमा हुनेछ । उनका अनुसार १२ः३० बाट सुरु हुनेछ ।

प्रतिक्रिया