एमसीसीका सेक्टर अपरेसन प्रबन्ध निर्देशक केभिन किन आए काठमाडौं ?


काठमाडौं – मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का सेक्टर अपरेसन प्रबन्ध निर्देशक केभिन मिचेल नेपाल आएका छन् । उनी एमसीए(नेपालको कार्य प्रगतिबारे बुझ्न नेपाल आएका हुन् ।

एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा भएको प्रगतिलाई समर्थन गर्न एमसीए(नेपाल र अन्य सरकारी नेतृत्वहरूसँग भेट्न केभिन यस हप्ता नेपालमा रहनेछन् ।

केभिनसँग वित्तीय व्यवस्थापन, योजना, विश्लेषण र रिपोर्टिङमा ३० वर्षभन्दा लामो समय विश्वका ६० भन्दा बढी देशमा र पछिल्लो १५ वर्ष एमसीसीमा काम गरेको अनुभव छ । अमेरिकी अनुदान सहयोगमा नेपालमा ५० करोड अमेरिकी डलर खर्चेर सडक र हाइ भोल्टेज प्रसारणलाइन निर्माण गर्न लागिएको छ ।

एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजना अन्तर्गत तीनवटा सबस्टेसनका अतिरिक्त काठमाडौँको लप्सीफेदीदेखि नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० स्थित नेपाल(भारत सीमासम्म ३१५ किमी लामो प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ । अहिले १८ किमी लामो सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्यांकन भइरहेको छ ।

एमसीए(नेपालले यसको निर्माण सम्झौता यही साउनमा गर्ने लक्ष्य लिएको छ । त्यस्तै, बाँकी २९७ किमि प्रसारण लाइन निर्माणका लागि यसै वर्ष यथाशीघ्र पुनः बोलपत्र आह्‍वान गर्ने तयारी भइरहेको जनाएको छ । एमसीए(नेपालले सडक मर्मत आयोजनातर्फ फूल डेप्थ रिक्लेमेसनसम्बन्धी खरिदका लागि आउदो भदौभित्र बोलपत्र आह्‍वान गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया