स्याङ्जाको चापाकोटमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु


स्याङ्जा – स्याङ्जाको चापाकोटमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। पाल्पाको रामपुर नगरपालिका–४ घर भई चापाकोट नगरपालिका-१० बोटेटारमा बस्ने २८ वर्षीय महेन्द्र दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार बारीकुनाबाट माटो लिई चापाकोट बजारतर्फ जाँदै गरेको लु ४ त २२१ नम्बरको ट्र्याक्टर चापाकोट नगरपालिका-१० को बायोडाँडामा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले बताए।

दुर्घटनामा परी गम्भीर घाइते भएका दमाईको चापाकोट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया