भारतीय विदेशसचिव मिस्री काठमाडौंमा
काठमाडौं- भारतका विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।
भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका उनलाई परराष्ट्र मन्त्रालयका सचिव लम्सालले उनलाई स्वागत गरेकी छन् । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ ।
नेपाल बसाइका क्रममा विदेश सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासहित शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
विदेशसचिव मिस्री भोलि साउन २८ गते स्वदेश फर्किनेछन् ।