विशेष विमानबाट नेपाल आउँदै भारतीय विदेश सचिव, पहिलो भेट प्रधानमन्त्रीसँग


काठमाडौं – भारतीय विदेश सचिव विक्रम मिश्री २ दिने नेपाल भ्रमणका लागि नेपाल आउँदैछन् । सचिव विक्रम मिश्री ११ अगस्ट (२८ साउन)मा नेपाल आउन लागेका हुन् ।

विशेष विमानबाट नेपाल आउन लागेको मिश्रीले पहिले प्रधानमन्त्रीलाई भेट्न जाने कार्यक्रम रहेको उच्च स्रोतले बतायो । सचिव विक्रम मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै परराष्ट्र मन्त्री आरजु राणा देउवा र समकक्षी सेवा लम्सालसँग पनि भेटघाट गर्नेछन् ।

सचिव मिश्रिले ११ अगस्ट मै काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । ११ अगस्ट कै साँझ होटल मेरियटमा हुने रात्रिभोज कार्यक्रममा विदेश सचिव मिश्रले सबै राजनितिक दलका दोस्रो तहका नेताहरुसँग भेटघाट गर्नेछन् । १२ अगस्टमा भारत फर्किनु अघि सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने कर्यक्रम छ ।

१५ जुलाईमा सचिव नियुक्त भयका विक्रम मिश्रीको यो दोश्रो विदेश भ्रमण हो । यस अगाडि उनले भुटानको भ्रमण गरेका थिए ।

प्रतिक्रिया