छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु


मोरङ – मोरङको छुट्टाछुट्टै स्थानमा आइतबार राति भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मोरङको कटहरी गाउँपालिका कटहरी गाउँपालिका–३ मा टिप्परले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका एक जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४७८३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा कटहरी–२ का ३७ वर्षीय बच्चु मल्लिकको मृत्यु भएको हो । उनको कोशी अस्पताल विराटनगर मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

टिपर चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१४ का २८ वर्षीय मुकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै मोरङकै सुन्दरहरैँचा नगरपालिका–५ दुलारीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

को १८ प १८०२ नम्बरको मोटरसाइकलले राति १० बजेतिर ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका सुन्दरहरैँचा–६ का ५६ वर्षीय इन्द्रबहादुर श्रेष्ठको मृत्यु भएको डीएसपी राईले बताए ।

प्रतिक्रिया