काभ्रेमा बाढीले बगाउँदा एक महिलाको मृत्यु


काठमाडौं- काभ्रेमा बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ । धुलिखेल नगरपालिका–५ स्थित पुण्यमाता खोलामा आएको बाढीले बगाएर आज एक महिलाको मृत्यु भएको हाे ।

रामेछापको खाँडादेवी गाउँपालिका–३ घर भई पनौती नगरपालिका–५, नैकिन्टार बस्ने ५० वर्षीया भगवती भागदासको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

श्रीखण्डपुरस्थित खोलाले बगाउँदा करिब तीन सय मिटर तल मृत अवस्थामा फेला पारिएको हो ।

प्रतिक्रिया