कुपन्डोलस्थित बागमती नदीमा एक पुरुषको शव फेला


ललितपुर — ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा पुरूषको शव भेटिएको छ।

ललितपुर महानगरपालिका—१ को वडा कार्यालय नजिक बागमती किनारमा अन्दाजी ४० वर्षका पुरूषको शव भेटिएको हो।

शव घोप्टो परेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

आइतबार बिहान करिब ८ बजेतिर उक्त शव भेटिएको थियो । शवको सनाखत हुन सकेको छैन ।

शवको पहिचान खुलाउने प्रयास जारी रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया