प्रधानमन्त्री ओलीको जनसम्पर्क सल्लाहकारमा पौडेल


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको जनसरोकार तथा जनसम्पर्क सल्लाहकारमा किरण पौडेल नियुक्त भएका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका पूर्वअध्यक्ष समेत रहेका पौडेललाई प्रधानमन्त्री ओलीले शुक्रबारदेखि नै लागू हुने गरे सल्लाहकारमा नियुक्त गरेका हुन् ।

गत आम निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ बाट नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका पौडेल नेपाली युवाहरुका बीच लोकप्रिय नाम हो ।

जाजरकोट भूकम्पको बेला इपिसेन्टरमै बसेर जनताको सेवामा जुटेका पौडेल नेतृत्वको समूहले स्थानीयहरुलाई बासको व्यवस्था गरेका थिए ।

प्रतिक्रिया