राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्षसहित सदस्यहरूले लिए शपथ


काठमाडौँ – राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्षसहित सदस्यहरूले शपथ लिएका छन् ।

शुक्रबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष शिवराज अधिकारी लाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

प्रधानमन्त्रीबाट शपथ लिएसँगै उपाध्यक्ष अधिकारीले अन्य सदस्यलाई शपथ गराएका छन् । आयोगको सदस्यमा आरपी विच्छा, रमेश प्रसाद सिंह, प्रकाश श्रेष्ठ, गीताकुमारी पौडेल, जयबहादुर टण्डन र गंगादत्त अवस्थी नियुक्त भएका थिए ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्षसहित सदस्यहरूलाई नियुक्त गरेको थियो ।

प्रतिक्रिया