विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये ४ जनाको शव परिवारले बुझे


काठमाडौँ – सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये चार जनाको शव परिवारले बुझेका छन् ।

शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट चार शव परिवारले बुझेका हुन् ।

केही परिवारले भने माग पूरा नहुँदासम्म शव नबुझ्ने बताएका छन् ।

बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रस्ट पारेपछि मात्र शव बुझ्ने उनीहरूको अडान छ ।

प्रतिक्रिया