न्युयोर्क टाइम्सले खुलायो नेपालमा विमान दुर्घटनाको कारण


काठमाडौं – नेपालमा पछिल्लो विमान दुर्घटनाका बारेमा अन्तर्राष्ट्रिय मिडियामा लेखेका छन् ।

अमेरिकाको चर्चित पत्रिका न्युयोर्क टाइम्सले निरन्तर दुर्घटना हुनुमा बेवास्ता गरिएको कारण उल्लेख गरेको छ ।

न्युयोर्क टाइम्सले ‘एउटा टाउकोमा दुइटा ह्याट’ लगाउँदा दुर्घटना भइरहेको विज्ञलाई उद्धृत गर्दै लेखेको छ ।

समाचारमा धेरै दिशामा दुर्घटनाबारे चर्चा गर्ने गरेको जनाउँदै मौसम, जटिल भूभाग, ‘ओभर वर्कड’ पाइलट, पुराना विमान भन्ने गरिए पनि मुख्य कारणको सम्बोधन नगरिएको उल्लेख छ ।

समाचारमा समस्या आएमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नै त्यसको अनुसन्धान गर्ने जिम्मेवारी दिने गरिएको न्युयोर्क टाइम्सले जनाएको छ ।

जीवनमरणसँग गाँसिएको विषयमा आवश्यक सुधार गरिनुपर्नेमा समाचारमा जोड दिइएको छ ।

प्रतिक्रिया