
दुई ट्रक एक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु
काठमाडौं – चितवनस्थित नारायणगढ-मुग्लिङ सडकखण्डमा दुई ट्रक ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।
नारायणगढबाट मुग्लिन आउँदै गरेको ना ६ ख ५९९६ नम्बरको कन्टेनर र विपरीत दिशाबाट जाँदै गरेको डीडीओ वान् एल नाइन वन् सिक्स वान् नम्बारको भारतीय ट्रक शुक्रबार बिहान ६ १० मा भतेरी जङ्गलमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार कन्टेनर चालक पर्साको वीरगञ्ज महानगरपालिका २४ का ३३ का प्रमोद पटेल र भारतीय ट्रकका चालक उत्तर प्रदेशका २४ का हेहताव आलमको ज्यान गएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। दुवैलाई अस्पतालले मृत घोषणा गरेको हो।
दुर्घटनामा घाइते भारत गोरखपुरका २२ वर्षीय सावन अहमदको उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान गरिरहेको चितवन प्रहरीले जनाएको छ।



कागजपत्र |
