
बझाङमा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी
बझाङ- बझाङमा जङ्गली च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेका छन् ।
दुर्गाथली गाउँपालिका –५ का ४० वर्षीय तिलक पुजारा उनका १२ वर्षीय दर्शन पुजारा र ५ वर्षका शुभम् पुजारा बिरामी परेका हुन् ।
विषालु च्याउ खाएपछि उनीहरु शुक्रबार दिउँसो १२ बजे बेहोस् भएका थिए । तिलककी श्रीमतीले तत्काल जिल्ला अस्पताल बझाङ उपचारका लागि पुर्याएकी थिइन् ।
तिलक पुजारा र उनका कान्छा छोरा शुभमको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेल्धुरा रेफर गरिएको छ । उनीहरूको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । दर्शन भने अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।



कागजपत्र |
