सिन्धुपाल्चोकका नदीका जलसतहले गर्यो सतर्कता तह पार


काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । योसँगै विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपाल्चोकजिल्ला स्थित भोटेकोशी नदी, बाह्रबिसे जल मापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ । यो बढ्दो क्रममा रहेकाले सो नदीको तटीय क्षेत्रहरूमा रहनेहरूले बिहान ८ बजेसम्मै उच्च सतर्कता अपनाउनुपर्ने बताइएको छ।

त्यसैगरी सिन्धुपालचोक जिल्लाकै इन्द्रावती याङ्ग्री नदी जल मापन केन्द्रमा हालको जलसतह बढ्दो क्रममा रहेको र थप बढ्न सक्ने सम्भावना रहेको छ । तल्लो नदी तटीय क्षेत्रहरू रहनेहरू बिहान उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाको भनाई छ।

प्रतिक्रिया