गैंडाकोटमा मृत भेटिएका एक पुरुषको पहिचान खुल्यो


चितवन – नवलपुरको गैंडाकोटको नारायणी किनारमा भेटिएका दुईमध्ये एक जनाको पहिचान खुलेको छ ।

काठमाडौंबाट गौर जाँदै गरेको बसमा सवार यात्रु रहेको सनाखत भएको हो । ती पुरुष सर्लाहीको बरहथवा-३ घर भएका रमितकुशर माझी रहेको चितवन प्रहरीले जनाएको हो ।

उनका बुबा रवीन्द्र कुशर माझीले उनी आफ्नो १९ वर्षीय छोरा रहेको भनी सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए ।

उनको शव आज दिउँसो गैंडाकोट -७ थुम्सी नजिक नारायणी नदी किनारमा भेटिएको थियो ।

उनीसँगै भेटिएका अर्का पुरुषको भने अझै पहिचान नखुलेको डीएसपी रिजालले जानकारी दिए ।

यससँगै सोही बसमा सवार दुईजनाको पहिचान खुलेको छ ।

प्रतिक्रिया