

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीकी पत्नी भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी पत्नी गीता सोडारी भ्रष्टाचारी ठहर भएकी छन् ।
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको अभियोगमा विशेष अदालतले उनलाई बिहीबार दोषी ठहर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले फैसला सुनाउँदै उनलाई दोषी ठहर गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित शिव निम्न माविकी शिक्षिका गीताले बोर्ड अफ सेकेण्डरी एजुकेसन दिल्लीबाट १० कक्षा अध्ययन गरेको शैक्षिक प्रमाणपत्र पेश गरेकोमा प्रमाणपत्र नक्कली रहेको ठहर भएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित शिव निम्न माध्यमिक विद्यालयकी राहत शिक्षिका गीताले भारतबाट १० कक्षा अध्ययन गरेको शैक्षिक प्रमाणपत्र पेस गरेकी थिइन् ।
अख्तियारले २०७९ असोज ६ गते गीता सोडारीविरूद्ध मुद्दा दायर गरेको थियो । नक्कली प्रमाण पत्रका दोषीले कम्तीमा ६ महिनादेखि एक वर्षसम्म जेल बस्नुपर्ने प्रावधान छ ।

