सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको निर्णय
काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
साथै पर्सि २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णयसमेत गरेको छ ।
प्रतिनिधि सभामा नाउपाका चार सांसद छन् । नाउपाले सुरुदेखि नै प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्दै आएको थियो ।
अब काँग्रेस र एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय भएकाले ‘प्रचण्ड’ सरकारलाई दिएको समर्थन फिर्ता लिएको एक नेताले बताए ।