४ दिनपछि जसपाका मन्त्रीको राजीनामा स्वीकृत 


काठमाडौँ – अशोक राई नेतृत्वको जसपाका ३ मन्त्रीको राजीनामा स्वीकृत भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह र स्वास्थ्य राज्यमन्त्रीमा हसिना खानले दिएको राजीनामा स्वीकृत गरी ती मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हालेका छन् । उनीहरूले २१ गते साँझ राजीनामा बुझाएका थिए ।

यसअघि एमालेका ८ जना मन्त्रीको राजीनामा स्वीकृत गर्दै ती मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् । अब ‘प्रचण्ड’ सरकारमा माओवादी, रास्वपा र नेकपा एसका मन्त्री मात्र छन् ।

प्रतिक्रिया