


भ्रष्टचार न्यूनिकरणका लागी महिला नेतृत्वको आवश्यक : पूर्वराष्ट्रपति यादव

चितवन – पूर्वराष्ट्रपति डा। रामवरण यादवले महिलाहरुले नेतृत्व गरेका ठाउँमा कम भ्रष्टचार हुने गरेको भन्दै नेतृत्वमा महिलाहरुको संख्या बढाउन आवश्यक रहेको बताएका छन् ।
चितवनको भरतपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले महिलाले नेतृत्व गरिरहेको अन्य देशहरुको उदाहरण दिंदै महिलाहरुले नेतृत्व गरेका संस्था तथा समूहमा कम भ्रष्टचार हुने गरेको बताए ।
महिलालाई नेतृत्वमा ल्याउनका लागि समाजमा छोरा छोरीबीच हुने विभेदको अन्त्य हुनुपर्ने उनको भनाइ छ । सरकारले शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ गराउँदै लैजानुपर्नेमा जोड उहाँले शक्षा नभए जीवन अन्धकारमा हुने बताए ।

