आजको माैसमः देशभरी नै पानी पर्ने, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा अति भारी वर्षा


काठमाडौं – आइतबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एक, दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागले आज राति जारी गरेको सूचनामा सो क्षेत्रका वासिन्दालाई सतर्क रहन भनिएको छ ।

विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जयकुमार साहले आज रातिदेखि भोलिसम्म सुदूरपश्चिम प्रदेशका एक,दुई स्थानमा अति भारी वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्।

कर्णालीमा पनि उत्तिकै वर्षाको सम्भावना रहेको छ । देशभर नै बदली भई वर्षा भने जारी रहने जनाइएको छ ।

प्रतिक्रिया