अविरल वर्षासँगैको पहिरोले विपी राजमार्ग अवरुद्ध


काठमाडौं – अविरल वर्षासँगै आएको पहिरोले विपी राजमार्ग अवरुद्ध भएको छ ।

सिन्धुलीको सुनकोसी गाउँपालिका-२ कमिरेफाडमा पहिरो आएपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोलन्जोर गाउँपालिका-६ अकरेभिरमा पहिरो जाँदा मध्य पहाडि लोकमार्ग पनि अवरुद्ध भएको छ ।

पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया