सरकार र क्रसर व्यवसायीबीच ३ बुँदे सहमति


काठमाडौँ – उद्योगहरूको नवीकरणको माग राखी आन्दोलन गरिरहेका क्रसर व्यवसायी र सरकारबीच ३ बुँदे सहमति भएको छ ।

आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सहमति भएको हो । सहमतिमा सरकारले व्यवसायीको माग सम्बोधन गर्ने र व्यवसायीले आन्दोलन छोडेर व्यवसायमा फर्किनेछन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, प्रतिनिधि सभा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सभापति अब्दुल खान, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष तथा प्रतिनिधि समेतको बैठकबाट सहमति भएको हो ।

 

प्रतिक्रिया