बलात्कार आरोप लागेका इन्स्पेक्टर सिवाकोटीलाई थुनामा पठाउन आदेश


काठमाडौँ – बालिका बलात्कारको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर सिवाकोटीलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले सिवाकोटीलाई थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

आफ्नो घरमा घरेलु श्रमिकका रूपमा राखिएकी १२ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २३ जेठमा पक्राउ परेका सिवाकोटीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरेको थियो ।

बालिकालाई काठमाडौं महानगरपालिकाको बाल उद्धार समितिले उद्धार गरेपछि उनीमाथि जबरजस्ती करणी भएको सार्वजनिक भएको थियो ।

प्रतिक्रिया