६३ खर्ब नाघ्यो बैंकको निक्षेप


काठमाडौँ – बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६३ खर्ब नाघेको छ । असार १२ गतेसम्म वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरूद्वारा संकलित निक्षेप (डिपोजिट) ६३ खर्ब २ अर्ब रुपैयाँ पुगेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो दिन मात्र बैंकिङ प्रणालीमा ८ अर्ब रुपैयाँले निक्षेप थपिएको छ । तर समीक्षा अवधिमा यता बैंकहरूको कर्जा लगानी भने खासै सुधार हुन सकेको छैन ।

केन्द्रीय बैंकका अनुसार असार १२ गतेसम्म ६३ खर्ब बढी निक्षेप संकलन गरेको बैंक तथा वित्तीय संस्थाहरूले यता मुस्किलले ५१ खर्ब ४५ अर्ब रुपैयाँ मात्र लगानी गर्न सकेका छन् । यो भनेको कूल निक्षेप संकलनको तुलनामा ७९.५१ प्रतिशतको मात्र लगानी हो ।

केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ९० प्रतिशतसम्म अर्थात् कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतसम्म कायम गर्न पाउने सुविधा दिएको छ । तर हाल बैंकहरूले ७९.७१ प्रतिशत मात्र सीडी रेसियो कायम गरेका छन् ।

प्रतिक्रिया