पशुपति क्षेत्र विकास कोषकाे कार्यकारी निर्देशकमा जोशी


काठमाडौं- पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी नियुक्त भएका छन् ।

कोषको सोमबार बसेको बैठकले उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको सचिवालयले जानकारी गराएको छ । कोषको कार्यकारी निर्देशकको पदावधि ४ वर्षको हुन्छ ।

यसअघिका कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति उच्च अदालत पाटनले बदर गरिदिएको थियो ।

प्रतिक्रिया