महाकालीमा डुबेका मजदुरको शव भेटियो


कञ्चनपुर- कञ्चनपुर स्थित महाकाली नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ स्थित महाकाली पक्की पुलमा मजदुरी गर्ने सुर्खेतको बाराहाताल गाउँपालिका-७ घर भएका ४५ वर्षीय धन बहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो बिहान ११ बजेतिर महाकाली नदीमा माछा मार्न गएको अवस्थामा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई खोजतलास गर्दा साँझ ६ बजेको समयमा मृत अवस्थामा फेला पारेको बताइएको छ ।

 

प्रतिक्रिया