टेरामक्स प्रविधिले वार्षिक २५ अर्ब घोटाला रोकेको छ : सांसद बस्नेत


काठमाडौँ – नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले आफूले टेरामक्स भित्र्याएर कल बाइपास गरेर हुने गरेको अर्बौँ रुपैयाँ घोटाला रोकेको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले आफूले कल बाइपास गरेर अर्बौँ रुपैयाँ घोटाला हुने गरेको कुरालाई रोक्न टेरामक्स प्रविधि भित्र्याएको बताएका हुन् ।

उनले टेरामक्स भिओआईपी प्रकरणलाई रोक्ने विधि भएको बताए । बस्नेतले कल बाइपास गरेर वार्षिक रूपमा २५ अर्ब घोटाला हुने गरेकोमा टेरामक्स प्रविधिपछि सो घोटाला रोकिएको बताए ।

उनले आफूले आँट गरेर सो विधिको सुरुवात गरेको बताए । उनले आफूलाई यस प्रकरणमा मुछिएको भन्दै उचित समयमा आफूले बोल्ने बताए ।

प्रतिक्रिया