चलिरहेको टेबुल पंखाले लागेर कञ्चनपुरमा लामिछानेको मृत्यु
धनगढी — कञ्चनपुरमा चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बेदकोट नगरपालिका–७ गाउजी बस्ने ६८ वर्षीय रत्नप्रकाश लामिछाने घरको आगनमा टेबुल फ्यान (पंखा) चलाएर बसेको अवस्थामा शरीरमा खसेपछि गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।