काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब बराबरको बजेट


काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको अनुमानित बजेट घोषणा गरेको छ । सोमबार आयोजित १५ औँ नगरसभाको बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट घोषणा गरेकी हुन् ।

उनले भनिन्, ‘२०८१/८२ को नीति तथा कार्यक्रमलाई सार्थक पार्न २५ अर्ब ७० करोड ६३ लाख २५ हजारको अनुमानित बजेट तथा कार्यक्रम तयार गरिएको छ।’

डंगोलले ३० वटा स्वर्णिम योजनाका लागि २ अर्ब बजेट विनियोजन गरेको पनि बजेट पेश गर्दै जानकारी गराइन् । यसैगरी महानगरले आगामी आर्थिक वर्षका लागि ११ वटा गौरवका योजना पनि अगाडि सारेको छ ।

त्यसका लागि ३ अर्ब बजेट विनियोजन गरिएको उपप्रमुख डंगोलले बताइन्। चालु आर्थिक वर्ष २०८०/०८१ का लागि महानगरले २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया