महिलालाई चोर बाटोबाट विदेश पुर्‍याउने काम रोकौं: सांसद गुरूङ


काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद धनराज गुरूङले गैरकानुनी ढंगले नेपाली महिलाहरूलाई विदेश पठाउने काम भइरहेको भन्दै तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोलेका कांग्रेस उपसभापति समेत रहेका गुरुङले गैरकानुनी बाटोबाट विदेश पुगेका महिलाहरूले साह्रै दु:ख पाएको भन्दै उनले यसतर्फ ध्यान दिन सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘पछिल्लो ६ महिनाभित्र १० हजार नेपाली महिला दिदी बहिनीहरु गैरकानुनी बाटोबाट त्यहाँ (कुवेत) पुगेको सूचना प्राप्त भयो । कुवेतमा घरेलु कामदार पठाउन बन्द गरौँ । सरकारले ढोका बन्द गरे पनि झ्याल खुला राखिदियो । झ्याल कुरा राखिदिँदा नेपाली दिदी बहिनीले साह्रै दुःख पाइराखेका छन्,’ उनले भने ।

प्रतिक्रिया