३ दिनअघि हराएकी हेमन्तीको शव महाकाली र चमेलियाको दोभानमा भेटियाे


बैतडी- तीन दिनदेखि बेपत्ता रहेकी दार्चुलाकी एक महिला आज बैतडीमा मृत फेला परेकी छन् ।

दार्चुलाको लेकम गाउँपालिका ४ दमसैनाकी २२ वर्षीया हेमन्ती गिरी मृत अवस्थामा फेला परेकी बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए ।

हेमन्तीको शव बैतडीको दशरथचन्द नगरपालिका ६ स्थित महाकाली र चमेलिया नदीको दोभान खुटिया भन्ने स्थानमा फेला परेको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थि ए। प्रहरीको टोलीले घटनास्थलको कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

यही असार ८ गते घरबाट हराएकी हेमन्ती आज फेला परेकी हुन् । मृत भेटिएकी महिला विवाहित रहेकी खुल्न आएको  छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया