चिनियाँ उपविदेशमन्त्री आज नेपाल आउँदै


काठमाडौं – चिनियाँ उपविदेशमन्त्री सन वेइदोङ तीनदिने औपचारिक नेपाल भ्रमणमा आउँदै छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उनी आज नेपाल आउन लागेका हुन् । वेइदोङले मंगलबार काठमाडौंमा आयोजना हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा भाग लिनेछन् ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव सेवा लम्सालले गर्नेछिन् ।

वेइदोङको भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल हुनेछ ।

वेइदोङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ । उनी बुधबार स्वदेश फर्किने कार्यतालिका छ ।

प्रतिक्रिया