चिनियाँ उपविदेशमन्त्री भोलि नेपाल आउँदै


काठमाडौं – चिनियाँ उपविदेशमन्त्री सन वेइदोङ तीन दिने औपचारिक नेपाल भ्रमणमा आउने भएका छन् ।

उनी भोलि (सोमबार) नेपाल आउने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वेइदोङले मंगलबार काठमाडौंमा आयोजना हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा भाग लिनेछन् । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव सेवा लम्सालले गर्नेछिन् ।

वेइदोङको भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल हुनेछ । वेइदोङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ । उनी बुधबार स्वदेश फर्किने छन् ।

प्रतिक्रिया