यार्सा टिप्न भनेर गएका दुई नेपाली तिब्बतमा पक्राउ, खोजीदिन परिवारकाे आग्रह


काठमाडाैं- गोरखा छेकम्पारका दुई युवक चीनकाे तिब्बतमा पक्राउ परेका छन् ।  चुमनुब्री गाउँपालिका-७ छुलेका कर्मा छेतेन र लामागाउँका कर्मा राप्के पक्राउ परेका हुन् । उनीहरू गत वैशाख १७ गते यार्सागुम्बा टिप्न भनी भाज्यूपामा भन्ने लेकमा गएको परिवारले जनाएकाे छ ।

त्यहाँबाट नफर्केको अवस्थामा खाेजी गर्दा गत जेठ ३ गते उनीहरू तिब्बतको सिगात्से प्रहरी कार्यालयकाे नियन्त्रणमा रहेकाे खबर प्राप्त भएकाे कर्मा छेतेनकी पत्नी ढोकर लामाले बताइन् । उनले उनीहरूकाे खोजी गरिदिन माग गर्दै गत बिहीबार  प्रहरीमा निवेदन दिएका छिन् ।

ती दुई युवालाई गत वैशाख १७ गते तिब्बती प्रहरीले बोलाएर तिब्बती बजार स्याहबाट पक्राउ गरेको स्थानीयवासीको छ। उनीहरू पक्राउ पर्नुको कारण खुलेको छैन ।

प्रतिक्रिया