तारकेश्वर नगरपालिकाले तेस्रोलिङ्गीलाई मासिक भत्ता दिने


काठमाडौं– काठमाडौँको तारकेश्वर नगरपालिकाले नगरभित्र स्थायीरुपमा बसोबास गर्ने तेस्रोलिङ्गीलाई भत्ता दिने भएको छ ।
नगरपालिकाले मासिक पाँच हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको हो । आर्थिक वर्ष ०८१÷०८२ देखि यो व्यवस्था लागु हुनेछ ।
उनीहरुलाई प्रोत्साहनस्वरुप भत्ता दिन लागिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया