कार्वाइड प्रयोग गरिएका फलफूल खरिद बिक्री नगर्न आग्रह


काठमाडाैं- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्वाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न आग्रह गरेको छ ।

खाद्य नियमावलीले कार्वाइड अर्थात् एसिटिलिन ग्यासको प्रयोग गरी कृत्रिम रूपमा फलफूल पकाउन तथा बिक्री वितरण गर्न निषेध गरेको विभागकी महानिर्देशक डाक्टर मतिना जोशी वैद्यले जानकारी दिइन् ।

विभागले आँप, केरालगायत फलफूल खरिद गर्दा कार्टुन वा क्रेटमा कार्वाइड केमिकल राखिएको देखिएमा विभाग वा मातहतका कार्यालयमा जानकारी गराउन अनुरोधसमेत गरेको छ ।

मौसमी फलफूलको सिजनमा कार्वाइडको प्रयोग धेरै हुने भएकोले त्यसलाई रोक्न अनुगमनलाई तीव्रता दिइएको महानिर्देशक डाक्टर जोशीले बताइन् ।

प्रतिक्रिया