महाकाली नदीमा डुबेर एक बालिकाको मृत्यु, एक बेपत्ता


बैतडी- महाकाली नदीमा डुबेर बैतडीकी एक बालिकाको मृत्यु भएको छ । शिवनाथ गाउँपालिका- १ स्वालाकी १५ वर्षीया रजनी चाँडको नदीमा डुबेर मृत्यु भएको हो ।

रजनीसँगै महाकालीमा नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड बेपता भएकी छन् ।

सोही वडाको कुस्मतघाटस्थित महाकाली नदीमा शनिबार १० बजेतिर नुहाउने क्रममा डुबेर रजनी बेपत्ता भएको खबर पाएपछि नेपाल प्रहरी र स्थानीयले खोजी गर्दा रजनी मृत भेटिएको र अस्मिताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया