श्री एयरलाइन्सले थप्यो ८० सिटको जहाज


काठमाडौं- श्री एयरलायन्सले शुक्रबार ८० सिट क्षमताको क्यानेडीयन बम्बार्डियर विमान थप गरेको छ । श्री एयरलाइन्सले डि हामिल्यान्ड अफ क्यानाडा (तत्कालीन बम्बार्डियर) द्वारा निर्मित ८० सिट क्षमताको विमान कल साइन ९एन-एओएम थपेको हो ।

योसँगै श्रीसितग फिक्स्ड विङ (जहाज) को संख्या ११ पुगेको छ ।

हेलिकोप्टर पनि उडान गर्दै आएको श्रीसँग ६ वटा २४ सिट क्षमताका ट्विन इन्जिन भएका ठूला र ५ सिट क्षमताका दुई सानागरी ८ वटा हेलिकोप्टर छन् ।

८ वटा हेलिकोप्टर र ११ वटा फिक्स्ड विङ जहाजसहित श्रीसँग १९ वटा वायुयान भएका छन् । दुई प्रकारका वायुयानसहित श्री नेपालमा सबैभन्दा धेरै जहाज भएको कम्पनी हुँदै आएको छ ।

प्रतिक्रिया