निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ प्रक्रिया शुरु


काठमाडौं – निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया शुरु भएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको संसदीय सुनुवाइ समिति बैठकले प्रधानको सुनुवाइ गर्न सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

प्रधानविरुद्ध कुनै सूचना वा उजुरी भए १० दिनभित्र समितिमा बुझाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय भएको समितिका सभापति पशुपतिशम्शेर जबराले जानकारी दिए ।

गत आइतबार बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया