हावाहुरीले धनगढीका ६५ विद्युतका पोल ढले


कैलाली- हावाहुरीले कैलालीको धनगढीमा  ६५ वटा विद्युतका पोलहरू ढलेका छन् ।

नेपाल विद्युत् प्राधिकरण, धनगढी वितरण केन्द्रका अनुसार बुधवार साँझको हावाहुरीले धनगढीमा ठुलो क्षति गरेको हो ।

धनगढी उपमहानगरपालिका–१०, ७, ८,१२,१८ र १९ नम्बर वडा क्षेत्रका विद्युतका पोल ढलेका छन् । पाेल ढलेपछि बुधवारदेखि धनगढी उपमहानगरपालिका क्षेत्रका तीन हजार बढी ग्राहकहरू प्रभावित भएका छन् ।

धनगढी वितरण केन्द्रका अनुसार मर्मतको काम जारी रहेको छ । शुक्रवार साँझसम्म मर्मतको काम पूरा हुने र विद्युत् सेवा सुचारु हुने बताइएकाे छ ।

प्रतिक्रिया