द्वन्द्वमा बलात्कार पीडितको स्वास्थ्य अवस्था भयावह


काठमाडौँ – द्वन्द्वमा बलात्कारपीडित महिलाहरूको स्वास्थ्य अवस्था भयावह देखिएको छ ।

दुई हप्ताअघि तीन दिन लगाएर ३८ पीडितको स्वास्थ्य परीक्षण गर्दा ११ जनामा क्यान्सर देखिएको द्वन्द्वमा बलात्कारपीडित महिलाको राष्ट्रिय संगठनले जनाएको छ ।

संगठनका अनुसार १० जनाको सेतोपानी बग्ने समस्या भएकोले औषधि चलाइएको छ भने बाँकीलाई मनोसामाजिक परामर्शको खाँचो रहेको जनाइएको छ ।

संक्रमणकालीन न्यायसम्बन्धी कानुन समयमा नबन्दा धेरै पीडितहरूले ज्यान गुमाउनुपर्ने अवस्था देखिएको संगठनको भनार्ई छ ।

शान्ति सम्झौताको १८ वर्ष पुगिसक्दा पनि सरकारले एक थान कानुन पनि नबनाएर पीडितमाथि मजाक गरिरहेको संगठनको आरोप छ ।

प्रतिक्रिया