कपिलवस्तुमा बस र पिकअप ठोक्कियो, एकको मृत्यु, ८ जना घाइते
कपिलवस्तु – कपिलवस्तुको बुद्ध भूमि नगरपालिका ४ झडुलामाईमा यात्रुबाहक बस र पिकअप ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
मंगलबार बिहान ५:३० बजे काठमाडौंबाट सुर्खेत जाँदै गरेको क.प्र. ०२–००१ख ०५२५ नम्बरको बस र लु१च ९२८४ नम्बरको पिक अप एक आपसमा ठोक्किएका थिए।
घटनामा परी पिकअप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटनास्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीले बताए।
ठक्करपछि पिकअपमा च्यापिएका बढईको २ घण्टापछि उद्धार गरिएको थियो। घाइतेलाई उपचारको लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।