सुदूरपश्चिममा भागवण्डाका लागि सात मन्त्रालय फुटाएर १० बनाउने तयारी


काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले भागवण्डाका लागि सात मन्त्रालय फुटाएर १० बनाउने तयारी गरेका छन् । नागरिक उन्मुक्ति,नेकपा एमाले,नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसदलाई मन्त्री बनाउन मन्त्रीलय फुटाउने तयारी भएको हो ।
अहिले सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्रीसहित ७ मन्त्रालय छन् । आज एमाले र माओवादीले सरकारमा सहभागि हुने मन्त्रीको नाम मुख्यमन्त्रीलाई बुझाउने तयारी गरेका छन् । यसबाहेक स्वतन्त्र सांसद डा तारा जोशीलाई पनि मन्त्री बनाउने तयारी छ ।
एमालेले अर्थ मन्त्रालयसहित ३ मन्त्रालय पाउने सहमती भएको छ भने माओवादीले पनि सामाजिक मन्त्रालयसहित ३ मन्त्री पाउने सहमती भएको छ । हाल नागरिक उन्मुक्तिका दुईजना सरकारमा मन्त्री छन् । स्रोतका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय विभाजन गरेर मन्त्रीको भागवण्डा लगाइनेछ ।

दलभित्र मन्त्रीका आकांक्षी बढी देखिएपछि उनीहरुलाई व्यवस्थापन गर्न मन्त्रालय फुटाउन लागिएको हो । नयाँ सहमती अनुसार एमाले–माओवादीले समान ३–३ मन्त्रालय पाउँदा नागरिक उन्मुक्तिले २ र एकजना स्वतन्त्र सांसदले एक मन्त्री पाउने छन् ।

 

प्रतिक्रिया