कृत्रिम अभ्यास गर्दागर्दै डुबे सशस्त्रका जवान


काठमाडाैं- बझाङमा बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास(सिमुलेशन) गर्दा सशस्त्र प्रहरी बलका एक जवान डुबेका छन् ।

सोमबार बिहान सेती नदीमा जिल्लास्थित सुरक्षा बलको संयुक्त सिमुलेशनका क्रममा सशस्त्रका जवान नरेन्द्र धामी डुबेका हुन् ।

बेहोस अवस्थामा फेला परेका उनीलाई तुरुन्तै उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल बझाङमा लगिएको छ । उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया