माधव नेपाल र ‘विप्लव’बीच भेटवार्ता


काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच मङ्गलवार साँझ भेटवार्ता भएको छ ।

अध्यक्ष नेपाललाई भेट्न महासचिव ‘विप्लव’ पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित नेपाल निवास कोटेश्वर पुगेका थिए ।

भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको नेकपाका केन्द्रीय प्रचार विभाग सदस्य प्रकाश डुम्रेले बताए । पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समाजवादी मोर्चालाई अगाडि बढाउने विषयमा नेताहरूबीच गम्भीरतापूर्वक छलफल भएको बुझिएको छ ।

समाजवादी मोर्चाको संयोजकसमेत रहेका विप्लवले काठमाडौं केन्द्रित भेटघाट तीव्र बनाएको नेकपा स्रोतले बताएको छ ।

प्रतिक्रिया