तारा बराल पक्राउ, पूर्व एआईजी चन्दले दिएका थिए जाहेरी


काठमाडौं – आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने तारा बराल पक्राउ परेकी छन् ।

प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई आइतबार दिउँसो काठमाडौंको बबरमहलबाट पक्राउ गरेको हो ।

बराललाई साइबर कानुन वा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

व्यूरोले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतबाट पाँच दिनको म्याद थप भएको छ । ‘विद्युतीय माध्यममा गैरकानुनी कुरा प्रकाशन गर्ने’ शीर्षकको यो दफामा विद्युतीय सञ्चार माध्यममा प्रचलित कानुनले रोक लगाएका, सार्वजनिक नैतिकता अनि शिष्टाचारविरुद्धका, कसैप्रति घृणा वा द्वेष फैलाउने, जातजाति र सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने सामग्रीहरू प्रकाशन–प्रदर्शन गर्ने वा गर्न लगाउनेलाई एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्ष कैद वा दुवै सजाय हुने उल्लेख छ ।

पूर्व एआईजी रणबहादुर चन्दले केही दिन अगाडि बरालविरुद्ध आत्महत्या दुरुत्साहनमा उजुरी दिएका थिए । उजुरीबारे बरालले आफैले पनि सामाजिक सञ्जालमार्फत जानकारी गराएकी थिइन् ।

प्रतिक्रिया